मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तौल घटाउन चाहनुहुन्छ भने राती कपडा नलगाई सुत्नुहोस्

बिहीबार, ०४ असोज २०७५, ११ : १०
बिहीबार, ०४ असोज २०७५

यदि तपाईं पनि तौल कम गर्नेबारे सोच्दै हुनुहुन्छ तर जिममा गएर पसिना बगाउन, व्यायाम गर्न र डाइटिङ गर्न चाहनुहुन्न भने तपाईंका लागि खुसीको खबर छ । यी कुराहरु नअपनाइकनै तपाईं आफ्नो तौल घटाउन सक्नुहुन्छ । यसका लागि तपाईंले राती कपडा बिना नै सुत्नुपर्ने हुन्छ ।

शरिरमा सकारात्मक परिवर्तनः

नेशनल इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ एन्ड ह्यूमन डिभलपमेन्ट मेरिल्याण्ड र स्ट्यानफोर्ड युनिभर्सिटीको तर्फबाट गराइएको एक अनुसन्धानमा राती कपडा बिना सुत्नुहुन्छ भने शरिरमा विभिन्न प्रकारको सकारात्मक परिवर्तन आउनेछ । वास्तवमा राती नग्न भएर सुत्दा तपाईंको तौल कम हुन्छ, यौन जीवन राम्रो हुन्छ र निन्द्रा पनि मज्जाले लाग्छ ।

नग्न सुत्दा उमेर लम्बिन्छः

यो अनुसन्धान अनुसार यदि तपाईंको निन्द्रा गर्मीका कारण बाधित हुन्छ भने तपाईंको शरिरले सामान्यभन्दा धेरै कार्टिसोल उत्पन्न गर्छ जसले भोक बढाउँछ । परिणामस्वरुप तपाईंको तौल बढ्ने गर्छ । त्यसकारण जब तपाईं बिना कपडा सुत्नुहुन्छ भने तपाईंको शरिर चिसो भइरहन्छ जसले फ्याट बर्न गर्छ र तौल घटाउने सम्भावना बढ्ने गर्छ । साथै नग्न भएर सुत्दा तपाईंको उमेर लामो हुन्छ ।

शुक्रकिट उत्पादनमा असर पर्छः

अध्ययन अनुसार जो पुरुष राती बक्सर, शर्टस् लगाएर सुत्छन् उनीहरुको आफ्नो शुक्रकिट उत्पादनमा क्षती पुग्न सक्छ र उनीहरुद्वारा बच्चा जन्माउने सम्भावना बाधित हुनसक्छ । उक्त अनुसन्धान अनुसार नग्न सुत्दा मानिसहरुको यौनजीवन उत्कृष्ट बनाउन मद्दत गर्छ ।

नग्न सुत्दा यौनजीवन सुखद बनाउने तरिकाः

जब अनुसन्धानकर्तार्ल शोधमा समावेशहरुलाई आफ्नो पार्टनरसँग कपडा लगाएर र बिना कपडा सुत्ने अनुभवबारे प्रश्न सोधे  । जस अनुसार ५७ प्रतिशत नग्न सुत्ने मानिसहरुले यसलाई यौनजीवन सुखद बनाउने तरिका बताए । पार्टनरसँग छालाको स्पर्श हुँदा शरिरमा अक्सिटाक्सिन नामको हर्मोन रिलिज हुन्छ जसलाई फिल गुड हर्मोन भनिन्छ र यसले तपाईंलाई राम्रो महसुस गराउँछ । यसबाहेक पार्टनरसँग घनिष्ठ जुडाव पनि महसुस हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप