शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘मायाङ्क’ मुर्हूत

बिहीबार, ०४ असोज २०७५, ११ : ०५
बिहीबार, ०४ असोज २०७५

काठमाडौं – फिल्म ‘मायाङ्क’ निर्माण हुने भएको छ । ‘ह्यान्डसम भिलेन’को रुपमा चलचित्र क्षेत्रमा परिचित प्रशान्त ताम्राकारको अभिनय रहने फिल्म बुधवार चाबहिलको चन्द्र विनायक गणेस्थान मन्दिरमा मुर्हूत गरिएको छ । 

निर्माण युनिटले गणेशमनिदरमा पुजा गर्दै चलचित्रको मुर्हूत गरेको हो ।१५ असोजबाट चलचित्र छायाँकनका लागि फ्लोरमा निस्कने निर्माण युनिटले कार्यक्रममा जानकारी दियो । 

मुहूर्त कार्यक्रममा प्रशान्त लगायत केही मुख्य कलाकार भने खनुपस्थित थिए । शुशिल उप्रेती र ज्योत्सना योगी लगायतको समेत अभिनय रहने फिल्मको एक नायिका गोप्य राखिएको छ । 

कथाको मागअनुसार नायिकाको नाम अहिले गोप्य राख्नस परेको निर्माता जितेन्द्र खतिवडाले बताए । प्रेमकथामा बन्ने यो फिल्म रोमी मानन्धरले निर्देशन गर्दैछिन् ।

प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्रमा दिर्घ गुरुङको छायांकन रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप