शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डलर ९७ पैसाले घट्यो, अरु मुद्राको के छ अवस्था ?

बिहीबार, ०४ असोज २०७५, १० : ३६
बिहीबार, ०४ असोज २०७५

काठमाडौं–बुधबार सर्वाधिक महंगो भएको अमेरीकी डलर बिहिबार भने ९७ पैसाले घडेको छ । पछिल्लो समय अमेरिकी डलरले हरेक दिन जसो नयाँ रेकर्ड कायम गर्दै आएको थियो । 

 बिहिबार (आज) एक अमेरीकी डलरको खरिद गर्न १ सय १५ रुपैयाँ ५० पैसा खर्च गर्नु पर्नेछ ।  बिक्रि मूल्य भने १ सय १६ रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै एक यूरोको खरिददर १ सय ३४ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर १ सय ३५ रुपैयाँ ६० पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ९१ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर १० रुपैयाँ २८ पैसा र बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रिदर ३२ रुपैयाँ ८८ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३ सय ८१ रुपैयाँ ३८ पैसा र बिक्रिदर ३ सय ८३ रुपैयाँ ३६ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप