शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्मार्टफोन तात्तिरहन्छ ? यसरी चिसो बनाउनुहोस्, पाँच टिप्स

बिहीबार, ०४ असोज २०७५, १० : २८
बिहीबार, ०४ असोज २०७५

बीबीसी

तपाईंको स्मार्टफोन कुनै पनि बेला तात्न सक्छ । तपाईंले आशा नगरेका बेला पनि यो तातेको हुनसक्छ ।

यस्तोमा तपाईं के गर्नुहुन्छ ? आफ्नो फोन पकेटबाट निकाल्नुहुन्छ । आफ्नो कानबाट हटाउनुहुन्छ । यसलाई टाढा राख्नुहुन्छ आदि इत्यादि ।

कहिलेकाँही हातमा फोन लिँदा र केही नगरिकनै पनि फोन तात्न सक्छ वा स्लो हुनसक्छ अथवा स्क्रिनमा केही इरर मेसेज देखिन सक्छ ।

यस्तोमा प्रश्न उठ्छ कि मोबाइल फोन तातो हुनु के सामान्य कुरा हो ? उत्तर आउँछ – हो । तर यसका विभिन्न कारण हुनसक्छन् ।

यीमध्ये एक कारण हार्डवेयर हुनसक्छ । त्यो हार्डवेयर जसलाई तपाईंको स्मार्टफोनको ब्रेन भनिन्छ । दोस्रो कारण तपाईंको डिभाइसभन्दा बाहिरको हो ।

यीमध्ये मिल्दोजुल्दो कारणबारे बीबीसीले जानकारी दिएको छ ।

१. आरामको आवश्यकताः

स्मार्टफोन तातो हुनुका विभिन्न कारणमध्ये एक यसको अत्यधिक प्रयोग पनि हुनसक्छ ।

तपाईंले फोनलाई कुनै बाहिरी डिभाइससँग लामो समयसम्म जोडेका कारण हुनसक्छ जस्तै स्पिकर, वाइफाई सिग्नल वा ब्लूटुथ ।

यो पनि हुनसक्छ कि थुप्रै घण्टादेखि स्मार्टफोनमा लगातार गेम खेल्दा वा कुनै एपमा लगातार काम गरिररहेकाले पनि मोबाइल बेस्सरी तात्न सक्छ ।

लगातार तस्बिर खिच्नु वा भिडियो सुट गर्दा पनि तपाईंको फोन हिट हुनसक्छ ।

कसरी बच्ने ?

यदि तपाईं फोनको एउटै एपलाई लामो समयसम्म चलाइरहनुभएको छ भने केही समयका लागि आराम गर्नुहोस् । तपाईंको फोनलाई ब्रेक चाहिन्छ ।

सायद तपाईंलाई पनि ब्रेक चाहिएको होला । जुन एप तपाईं प्रयोग गर्नुहुँदैन त्यसलाई बन्द गनु नै राम्रो उपाय हो ।

मोबाइल स्क्रिनको ब्राइटनेसलाई सबैभन्दा चम्किलो राख्नबाट पनि बच्नुपर्छ ।

२. अत्यधिक गर्मी र जाडोः

दोस्रो कारणका लागि तपाईंको स्मार्टफोन जिम्मेवार छैन ।

के तपाईंले आफ्नो स्मार्टफोनलाई घाममा वा अत्यधिक चिसो स्थानमा लामो समयका लागि छोड्नुभएको छ ?

तपाईंको स्मार्टफोन स्मार्ट पक्कै छ तर अत्यधिक चिसो वा तातोका लागि यो तयार हुँदैन ।

कसरी बच्ने ?

आफ्नो फोनलाई सधैं अत्यधिक चिसो वा तातोबाट बचाउनुहोस् । यसलाई सधैं छायामा राख्नुहोस् । सिधा घाममा राख्नबाट बच्नुहोस् ।

तपाईंको फोन तातो भएको छ भने यसलाई पंखाको मद्दतले पनि चिसो बनाउन सक्नुहुन्छ ।

तर यसलाई कहिले पनि फ्रिजमा राख्ने गल्ती नगर्नुहोस् । कमन सेन्सको प्रयोग गर्नुहोस्, आफ्नो दिमाग लगाउनुहोस् ।

३. फोनमा भाइरसः

तपाईंले कुनै भाइरसलाई एप सम्झेर इन्स्टल गरेकाले पनि फोन निकै छिटो र बारम्बार तात्तिरहेको हुनसक्छ । धेरैजसो एप डेभलपर्सको रुची फोनको स्वास्थ्यमा नभई त्यसभित्रको डेटामा हुन्छ ।

कसरी बच्ने ?

अपरिचित स्रोतबाट कहिले पनि एप डाउनलोड नगर्नुहोस् ।

तपाईं आफ्नो फोनमा सेटिङमा गएर अपरिचित सोर्सबाट आउने एप डाउनलोड हुने ढोका कुनै पनि बेला बन्द गर्न सक्नुहुन्छ ।

यदि तपाईंलाई लाग्छ कि यी सबै गर्नका लागि निकै ढिला भइसकेको छ भने आफ्नो फोनको सफाई गर्नुहोस् अर्थात् त्यसलाई ‘रिसेट’ गर्नुहोस् ।

४. स्मार्टफोनको कभरः

स्मार्टफोनको सुरक्षाका लागि तपाईं जुन कभर लगाउनुहुन्छ, सायद त्यसले पनि फोनलाई तताइरहेको हुनसक्छ ।

कभरले फोनलाई पक्कै सुरक्षा दिन्छ तर वास्तवमा यसले समाधानभन्दा धेरै समस्या निम्त्याउन सक्छ ।

कसरी बच्ने ?

थोरै समयका लागि भएपनि मोबाइल फोनको कभर हटाएर हेर्नुहोस् ।

जे सुकै भएपछि यसले तपाईंको फोनलाई चिसो बनाउन सहयोग गर्छ ।

५. ब्याट्रिमा पनि समस्या हुनसक्छः

लिथियम ब्याट्रि अत्यधिक नाजुक हुन्छन् । तपाईंको फोन तातो हुनुको एक कारण त्यसको ब्याट्रिको स्थितीका कारण पनि हुनसक्छ ।

केही मामलामा त फोनमा आगो लागेको घटनासमेत सार्वजनिक भएका छन् । यसका लागि कमजोर ब्याट्रि जिम्मेवार हुनसक्छन् ।

कसरी बच्ने ? ब्याट्रिलाई आवश्यकताभन्दा बढि चार्ज गर्नबाट बच्नुहोस् । शत प्रतिशत चार्ज गर्नुको साटो ८०–९० प्रतिशत मात्र ब्याट्रि चार्ज गर्नुहोस् ।

राम्रो क्वालिटीको चार्जिङ केवल प्रयोग गर्नुहोस् । कहिलेकाँही खराब क्वालिटीको केवलबाट चार्ज गर्नु पनि हानिकारक साबित हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप