मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

संसदका १० समितिको सभापति निर्वाचन प्रकृया आजबाट

बिहीबार, ०४ असोज २०७५, १० : २०
बिहीबार, ०४ असोज २०७५

काठमाडौँ । १० वटा काठमाडौं– शुक्रबार हुने प्रतिनिधि सभा अन्तर्गतका  १० बिषयगत समितिका सभापतिको निर्वाचन प्रकृया आजबाट सुरु हुँदैछ । 

संघीय संसद्को सचिवालयका अनुसार आज बिहिबार ११ बजे देखि ५ बजेसम्म सभापतिका उम्मेदवारले प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गराउनुपर्नेछ । 

सबै १० वटा समितिमा दर्ता भएका प्रस्ताव दर्ता समयअनुसार मिलाई आजै बेलुका उम्मेदवारको सूची प्रकाशन गर्ने संसद सचिवालयले जनाएको छ । 

यसरी दर्ता भएका प्रस्ताव शुक्रबार ११ बजे बस्ने समितिको बैठकमा दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरिने छ । 

जुन उम्मेदवारको पक्षमा समितिको बैठकमा पहिलो बहुमत पुग्छ त्यसलाई नै सभापतिमा विजयी घोषणा गरिनेछ ।

सभापतिमा एक मात्र उम्मेदवार प्रस्ताव दर्ता भए निर्विरोध घोषणा गरिने ब्यबस्था नियमावलीमा छ ।

शुक्रबार निर्वाचन हुने प्रतिनिधिसभाका समितिहरु राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा समिति, अर्थ समिति , अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र  महिला तथा सामाजिक समिति रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप