शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा पाकिस्तान ८ विकेटले पराजित

बिहीबार, ०४ असोज २०७५, ०९ : १७
बिहीबार, ०४ असोज २०७५

एजेन्सी । भारतले पाकिस्तानलाई २१ ओभर बाँकी छँदा ८ विकेटले पराजित गर्दै एसिया कपमा समूह एको शीर्ष स्थानमा कब्जा जमाएको छ ।

सुपर फोरमा भारतसँगै स्थान बनाएको पाकिस्तान मात्र १६२ रनमा अलआउट हुन पुगेको थियो । भारतका लागि भुवनेश्वर कुमार र केदार जाधवले ३–३ विकेट लिए ।

विराट कोहलीको स्थानमा भारतको कप्तानी गरिरहेका रोहित शर्माले ३९ बलमा ५२ रन बनाए भने शिखर धवनले ४६ रनको योगदान दिए ।

त्यसपछि अम्बाती रायडु र दिनेश कार्तिकले नटआउट रहँदै समान ३१ रन बनाएपछि भारतले २ विकेटको नोक्सानीमा पाकिस्तानको लक्ष्य पछ्यायो ।

टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले ३ रन बनाउँदा दुवै ओपनर गुमाएको थियो ।

बाबर आजम (४७ रन) र शोहेब मलिक (४३ रन) ले ८२ रनको साझेदारी गर्दै पाकिस्तनको पारी सम्हाल्ने प्रयास गरे पनि उनीहरु आउट भएपछि पाकिस्तानको पारी धर्मरायो ।

भारतका अर्का तीव्र गतिका बलर जसप्रित बुमराहले २ विकेट लिए ।

यसअघि, भारतका अराउण्डर हार्दिक पाण्डेया घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए ।

समूह बीबाट बंगलादेश र अफगानिस्तान सुपर फोरमा प्रवेश गरिसकेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप