बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर र दक्षिण कोरियाली राष्ट्रपतिको भेटमा जादुगरको के काम ?

बिहीबार, ०४ असोज २०७५, ०९ : ०९
बिहीबार, ०४ असोज २०७५

बीबीसी

उत्तर कोरियाली नेता किम जोंग उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनबीच प्योंगयांगमा चलिरहेको शिखर सम्मेलन विभिन्न कारणसहित विशेष छ ।

यो भेटको दोस्रो दिन उत्तर कोरिया आफ्नो प्रमुख मिसाइल परीक्षण केन्द्रलाई बन्द गर्नका लागि सहमत भएको छ ।

तर रोचक कुरा के छ भने यो शिखर सम्मेलनमा एक जादुगरको पनि उपस्थिती छ ।

आउनुहोस्, यो शिखर सम्मेलनसँग जोडिएका यस्तै केही कुरामाथि जानकारी लिऔंः

मून जे इनसँग जादुगरः

दक्षिण कोरियाली राष्ट्रपति मून जे इन उत्तर कोरियाको राजधानी प्योंगयांगमा एक प्रतिनिधी मण्डलसहित गएका छन् ।

उक्त भ्रमणमा उनले आफ्ना साथी दक्षिण कोरियाली जादुगर चोई ह्यून– वू तोलाई पनि सँगै लिएर गएका छन् ।

उत्तर कोरिया जानुअघि सिबिएस रेडियोसँगको कुराकानीमा चोईले भनेका थिए, ‘मलाई थाहा छैन कि म कहिले र कहाँ आफ्नो कला प्रदर्शन गर्नेछु किनभने मेरो भ्रमणको खबर अचानक मसमक्ष आएको हो ।’

चोइले आफ्नो जादुको कला देखाउने बेला किम जोंगलाई पनि समावेश गर्ने बताएकी थिइन् ।

हंक्योराह वेबसाइटमा १७ सेप्टेम्बरमा छापिएको खबर अनुसार यो प्रतिनिधी मण्डलमा केंग क्यूंग–व्हा पनि समावेश छन् जो आधिकारिक भ्रमणमा प्योंगयांग पुग्ने पहिलो दक्षिण कोरियाली विदेशमन्त्री हुन् ।

वेबसाइट भन्छ, ‘क्यांगलाई बोलाइनुको अर्थ शान्ती र सह–अस्तित्व मून र किमका लागि एकीकरणभन्दा महत्वपूर्ण हो ।’

यसका साथै प्रतिनिधी मण्डलमा इस्थर ली र किम क्यू–येओन नामका दुई छात्रा पनि समावेश छन् ।  

उत्तर कोरियाबारे मजाक उडाउँदै किम जोंग उनः

मून जे इनलाई किम जोंग उनले भनेको कुरा उद्धृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सीले भनेको छ, ‘राष्ट्रपति जे (मून जे इन) विभिन्न देशको यात्रा गर्नुहुन्छ । विकसित देशको तुलनामा हाम्रो देशको स्थिती थोरै नाजुक छ तर हामीले आफ्नो स्तरमा तपाईंको बस्ने र यात्राको प्रबन्ध मिलाउने भरसक प्रयास गरेका छौं । यो ‘लो स्ट्यान्डर्ड’ को हुनसक्ला तर आशा छ तपाईंले हाम्रो यो सत्कारलाई मन भित्रैदेखि  स्विकार गर्नु हुनेछ ।’

विशेष कुरा यो हो कि किम जोंग उनले आफ्नो देशको आधारभूत ढाँचा जर्जर भएको बारे यसअघि कहिले पनि कुरा गरेका थिएनन् ।

यसअघि जब अप्रिलमा उनी पनमुनजोममा मून जे इनसँग भेटेका थिए तब उनले उत्तर कोरियाको खराब यातायातको मजाक उडाएका थिए ।

जब देखिइन् किमकी बहिनीः

किम जोंग उनको परिवार लाइम लाइटबाट टाढै रहन्छिन् । यो शिखर सम्मेलनमा उनकी बहिनी किम यो जोंग क्यामराबाट भागिरहेको देखिइन् ।

यस शिखर सम्मेलनमा उनले फोनमार्फत मानिसहरुलाई निर्देशन दिइरहेको देखिइन् ।

यसअघि पनि किम जोंग उनको राजनीतिक बैठकमा किम यो–योंगले आवश्यक प्रबन्ध मिलाएकी थिइन् ।

जब फहराइयो कोरियाली झण्डाः

उत्तर कोरियाली राजधानी प्योंगयांग पुगेपछि किम जोंग उनले मून जे इनको स्वागत गरेका थिए ।

उनीसँगै सयौं उत्तर कोरियाली जनता कोरियाली प्रायद्वीपको झण्डा बोकेर उनको स्वागत गर्न पुगे ।

मून जे इन, जो एक उत्तर कोरियाली शरणार्थीका छोरा हुन्, ले पनि झुकेर उनीहरुलाई सलाम गरे र हात मिलाए ।

दक्षिण कोरियाली समाचार एजेन्सी योन्ह्यापले यसलाई एक तटस्थ झण्डा बताएको छ ।

प्योंगयांग आउनु अघि मून जे इन र उनकी श्रीमती आफ्नो घर बाहिर उनीहरुको कुकुरसँगै देखिएका थिए ।

दक्षिण कोरिया हेराल्डले यसबारे लेखेको छ, ‘मून र उनकी श्रीमती किम जोंग–शुकले आफ्नो कुकुरको टाउकोमाथि हात राखेर सुम्सुमाए, तर उसले दुःखी भएर हेरिरह्यो । उसलाई थाहा छैन कि मून–जे–इन र उनकी श्रीमतीको काँधमा कति ठूलो जिम्मेवारी छ ।’

दक्षिण कोरियाली टेलिभिजन च्यानल किम जोंग–शुक यात्रामा निस्कनु अघि आफ्नो कुकुर मारुलाई घुमाइरहेको देखायो ।

के मूनले पाउनेछन् च्याउ ?

दक्षिण कोरियाली मिडिया अनुसार उत्तर कोरियाले निर्यात गर्ने च्याउ मून जे इनलाई उपहारको रुपमा दिइनेछ ।

सियोलस्थित डेली एनके वेबसाइटले सेप्टेम्बर १७ तारिखमा हालै हेम्गयोंग प्रान्तबाट एउटा ठूलो शिपमेन्ट प्योंगयांग पठाइएको खबर दिएको थियो ।

स्रोतलाई उद्धृत गर्दै डेली एनकेले भन्यो, ‘यसअघि पनि प्योंगयांगका आलिशान होटलका लागि पाइन मशरुम पठाइएको छ । तर अधिकारीले सबैभन्दा राम्रो च्याउ छान्नमा निकै समय लगाइरहेको छ आवश्यकताभन्दा धेरै पठाइरहेको छ ।’

यसअघि सन् २००० र २००७ मा उत्तर कोरियाले चिलबोसान पाइन मशरुम दक्षिण कोरियामा पठाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप