शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोमाबिरुद्ध रियलको सहज जीत

बिहीबार, ०४ असोज २०७५, ०८ : ४४
बिहीबार, ०४ असोज २०७५

एजेन्सी । इटालियन टोली एएस रोमाबिरुद्ध सहज जीत निकाल्दै साबिक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।

लगातार चौँथो पटक उपाधि जित्ने दाउमा रहेको रियलले खेलमा शुरुदेखि नै नियन्त्रण बनाएको थियो । तर, पहिलो हाफको लामो समय रोमाले रियललाई रोक्न सफल रह्यो ।

पहिलो हाफको अन्त्यमा इस्कोले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए ।

दोस्रो हाफमा लुका मोड्रिचको उत्कृष्ट पासमा गोल गर्दै गेराथ बेलले रियलको अग्रता दोब्बर बनाए भने खेलको अन्त्यतिर मारियानो डियाजले २० यार्ड टाढामा उत्कृष्ट गोल गर्दै रियललाई ३–० को जीत दिलाए ।

रियलले पछिल्ला ४३ च्याम्पियन्स लिग खेलमा कम्तिमा एक गोल गर्न सफल रहेको छ । 

खेलअवधि भर दबाबमा रहेको रोमाका लागि सेन्गिजले गरेको प्रहार केयलर नाभासले उत्कृष्ट बचाउ गरे ।

रोमा घरेलु मैदान बाहिर खेलिएका प्रतियोगिताको पछिल्ला ५ खेलमा पराजित भएको छ ।

समूह जी कै अन्य खेलमा भिक्टोरिया प्लेजेन र सिएसकेए मस्कोले २–२ को बराबरी खेले ।

हिजै भएको अन्य खेलमा बेनफिकालाई बायर्न म्युनिखले २–० गोल अन्तरले पराजित गर्यो ।

बायर्नको जीतमा रोबर्ट लेवान्डोस्की र रेनाटो सान्चेजले गोल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप