शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटी घरेलु मैदानमा लियोनसँग स्तब्ध

बिहीबार, ०४ असोज २०७५, ०८ : ३०
बिहीबार, ०४ असोज २०७५

एजेन्सी । म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगमा खराब शुरुवात गर्दै घरेलु मैदानमा लियोनसँग १–२ गोलअन्तरले स्तब्ध बनेको छ ।

फाबियन डेल्फले नबिल फेकिरको क्रसलाई क्लियर गर्न नसक्दा म्याक्सवेल कोरनेटले पाहुना टोलीलाई अग्रता दिलाए ।

लियोनका कप्तन फेकिरले २५ यार्ड टाढाबाट गोल गरेपछि यस सिजन च्याम्पियन्स लिग उपाधिको दाबेदार मानिएको इंग्लिस च्याम्पियन टोली खेलमा दुई गोलले पछि पर्यो ।

खेलको दोस्रो हाफमा बर्नान्डो सिल्भाले आयोजक टोलीलाई आशा दिलाए पनि सिजनको पहिलो हारबाट जोगाउन सकेनन् ।

समूह एफको अन्य खेलमा साख्तार डोनेस्क र होफनहाइमले २–२ को बराबरी खेलेपछि सिटी समूहको पुछारमा रहेको छ ।

योसँगै सिटी च्याम्पियन्स लिगको इतिहासमा लगातार चार खेल हार्ने पहिलो टोली बनेको छ । 

सिटी गत सिजन अन्तिम १६ मा बासेलबिरुद्धको दोस्रो लेग तथा लिभरपुलबिरुद्ध क्वाटरफाइनलमा दुवै लेगमा पराजित भएको थियो ।

यस्तै, च्याम्पियन्स लिगमा घरेलु मैदानमा लगातार तीन खेल हार्ने टोटनहमपछि सिटी दोस्रो इंग्लिस टोली पनि बनेको छ ।

यता, गत सिजन लिभरपुलबिरुद्धको खेलमा टचलाइन प्रतिबन्ध खेपेका प्रशिक्षक पेप ग्वार्डिओला भने दर्शकदीर्घाबाट टोलीको हार हेर्न बाध्य बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप