मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सांसद पौडेलद्वारा तुरतुरे पहिरोको स्थलगत अवलोकन, छिट्टै व्यवस्थपन गर्ने प्रतिवद्वता

बिहीबार, ०४ असोज २०७५, ०८ : १९
बिहीबार, ०४ असोज २०७५

बागलुङ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बागलुङ क्षेत्र नं २ का सांसद देबेन्द्र पौडेल ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा अवस्थित तुरतुरे पहिरोको स्थलगत अवलोकन गरेका छन् । सांसद पौडेलले पहिरो अवलोकन पछि यसपटक प्रकृतिले गम्भिर समस्या सिर्जना गरेको बताए । 

पौडेलले भने, पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्व हुनुको साथसाथै नजिकिदै गरेका महान चाड बडादशैं र तिहारलाई लक्षित गरि सडक सुचारु गर्न, दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन  सरकार जिम्मेवार भएर आफनो कार्य सम्पादनमा लागेको छ । 

पहिरो पछि बनेको ताल र पहिरो व्यवस्थापनको लागि कुन प्रकारको प्रविधि प्रयोग गरेर हुन्छ नेपाली सेना सॅग गम्भिर कुरा भईरहेको र रक्षा मन्त्रालयले पनि सडक सुचारु गर्न चासो दिएको उनले रातोपाटीलाई बताए । उनका अनुसार, ताल बनेर जमेको पानी लाई खोलेर व्यवस्थापन गर्ने कि यहि रुपमा राखेर व्यवस्थापन गर्ने भन्ने विषयमा समेत छलफल भईरहेको छ । 

अवलोकनका क्रममा बडिगाड गाउपालिकाका अध्यक्ष मेहरसिङ पाईजा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला प्रतिनिधि ज्ञामनाथ गैरे अनिल, स्थानिय समाजसेवी त्यहॉ पुगेका थिए । सांसद पौडेललाई पहिरो र त्यहॉका सम्पुर्ण गतिविधिको बारेमा बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिङ पाईजाले स्थलगत जानकारी गराउदै यथाशिघ्र सरकार र सदन मार्फत यसको व्यवस्थापनमा लाग्न सांसद पौडेललाई आग्रह समेत गरेका छन् । 

पहिरो सँगै लोकमार्ग अवरुद्व भएपछि त्यस क्षेत्रका बासिन्दालाई अहिले आवतजावत सँगै दैनिक उपभोग्य वस्तु ओसारपसार, विरामीलाई अस्पताल सम्म ल्याउन समस्या भईरहेको छ । 

-थम्मन थापा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप