शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् संसारका पहिलो व्यक्ति जो चन्द्रमामा घुम्न जाँदैछन्

बिहीबार, ०४ असोज २०७५, ०७ : ५५
बिहीबार, ०४ असोज २०७५

बीबीसी

एक व्यक्ति चाँडै नै  चन्द्रमाको भ्रमणमा निस्कने भएका छन् । एलन मस्कको एयरोस्पेस कम्पनी स्पेसएक्सले चन्द्रमा भ्रमणमा जाने पहिलो पर्यटक यात्रीको नाम घोषणा गरेको छ ।

४२ वर्षीया जापानी अर्बपती एवं व्यापारी युसाकु मायेजावा संसारको पहिलो ‘प्राइभेट प्यासेन्जर’ को रुपमा चन्द्रमाको यात्रामा जानेछन् ।

स्पेसएक्सले यो मिशनका लागि सन् २०२३ को समय निश्चित गरेको छ । सन् १९७२ पछि चन्द्रमाको यात्रामा निस्कने उनी पहिलो यात्री हुनेछन् ।

स्पेसएक्सले आफ्नो क्यालिफोर्नियास्थित मुख्यालयमा मंगलबार यसबारे घोषणा गरेका हुन् ।

यद्यपी, उनको भ्रमण रकेटमा निर्भरमा हुनेछ जुन अहिलेसम्म पूरा हुन सकेको छैन । एलन मस्कले उक्त भ्रमण शत प्रतिशत भएरै छाड्ने कुरा अहिलेसम्म निश्चित नभएको बताएका छन् ।

स्पेसएक्सले सन् २०१६ मा बिग फ्याल्कन रकेट लञ्च गरेको थियो । यसले सर्वसाधारणको चन्द्रमा भ्रमणको यात्रालाई निकै सहयोग गर्ने मानिएको थियो ।

को हुन् युकासु मायेजावा ?

युसाकु जापानका अर्बपती व्यापारी हुन् । पछिल्लो वर्ष न्यूयोर्कमा आर्टिस्ट जीन मिशेल बास्केतको पेन्टिङलाई ११०.५ मिलियन डलरमा खरिद गरेपछि उनी चर्चामा आएका थिए ।

उनी आफूसँगै यो यात्रामा संसारका ६ आर्टिस्टलाई सँगै लैजानेछन् । धर्तीमा फिर्ता भएपछि आफ्नो अनुभवलाई चित्रमा परिवर्तन गर्नका लागि उनले आर्टिस्टलाई पनि सँगै लैजाने निर्णय गरेको बताए ।

उनले भने, ‘यो चित्रकलाले हरेक व्यक्तिभित्र लुकेको ड्रिमरलाई जगाउने काम गर्नेछ ।’

नयाँ मिशनका लागि नयाँ रकेटः

अहिलेसम्म २४ व्यक्तिले चन्द्रमामा पाइला टेकिसकेका छन् । ती सबै अमेरिकी हुन् । डिसेम्बर सन् १९७२ मा अमेरिकी स्पेस एजेन्सी नासाले अन्तिम पटक चन्द्रमामा मानिसलाई उतारेको थियो ।

युसाकुले चन्द्रमामा पाइला मात्र टेक्ने नभई उनले चन्द्रमाको यात्रा गर्नेछन् । बिग फ्याल्कन रकेटमार्फत उनी अन्तरिक्षमा जानेछन् र पुनः धर्तीमा फिर्ता हुनेछन् ।

गत सोमबार मस्कले भीएफआरको नयाँ डिजाइनको एक तस्बिर ट्वीट गरेका थिए । जुन पछिल्लो स्पेसक्राफ्ट रकेटभन्दा भिन्न छ ।

सन् २०१७ मा एलन मस्कले दुईजनालाई चन्द्रमाको भ्रमणमा पठाउने घोषणा गरेका थिए । यस योजनाबारे यो वर्षको सुरुवातसम्म घोषणा गरिसक्नु पर्दथ्यो ।

तर यो वर्ष फेब्रुअरीमा मस्कले स्पेसएक्स भविष्यको मिशनका लागि भीएफआरमाथि काम गरिरहेको बताए ।

स्मरण रहोस्, एलन मस्क सिलिकन भ्यालीका चर्चित व्यापारी हुन् । उनी इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका संस्थापक हुन् । उनले सन् २००२ मा एरोस्पेसको कम्पनी स्पेक्सएक्स सुरु गरेर सन् २०१७ मा कम्पनीले डिजाइन गरेको रकेट अन्तरिक्षमा पठाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप