मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डराउँछन् निर्मलाको साथी, निर्मला र जानकीले शिक्षिका वा नर्स बन्ने सोच बनाएका थिए !

बिहीबार, ०४ असोज २०७५, ०६ : ५८
बिहीबार, ०४ असोज २०७५

निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । 

घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन । 

भीदत्त नगरपालिका — २ उल्टाखामकी १३ बर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । 
उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् । 

हामी सानैदेखि संगै पढ्थ्यौँ, सँगै खेल्थ्यौँ, ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, उनी नहुँदा पढ्न मनै लागिरहेको छैन, स्कुल पनि नआउँजस्तो लाग्छ ।, जानकी र निर्मला एउटै बेन्चमा बस्ने २ कक्षादेखिका साथी हुन् । 

कक्षाकोठा अगाडी निर्मलाले बनाएको केहि चित्र छन् ।, भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनकै यादले सताउने सहपाठीको भनाई छ । 

निर्मला र जानकीले शिशिक्षका वा नर्स बन्ने सोच बनाएका थिए । त्यही भएर उनीहरु दुवैको सोच मिल्थ्यो । 

कतिपय विद्यार्थी शव भेटिएको उखुबारी छेउको बाटो हिड्नै डराउँछन् । 

त्यहाँ पुग्नेवित्तिकै झसंग भइन्छ, भीमदत्त नगरपालिका १८ भगतपुरबाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भन्नि, एक्लै आउन डर लागेर साथही समुहमा मात्रै आउँछौँ ।, आजको कान्तिपुरको पहिलो पृष्ठमा यो खबर छ । 

निर्मला मिलनसार थिइन् । शिक्षकमाझ पनि उनी अनुशासित र लगनशील विद्यार्थी थिइन् ।  एक महिनासम्म त सरहरुले पढाउनै सक्नुभएन, लक्ष्मीले भन्नि जतिबेला पनि त्यहि झल्को आएर उत्तरपुस्तिकासमेत जाँच गर्न सक्नुभएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप