शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा ५५ वटा सीमा स्तम्भ गायब

बिहीबार, ०४ असोज २०७५, ०६ : ४५
बिहीबार, ०४ असोज २०७५

वीरगञ्ज - पर्सामा नेपाल र भारतको सीमा छुट्याउन गाठिएका ५५ वटा सीमा स्तम्भ गायब भएका छन् । 

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र पर्ने स्थानमा मात्र ठूला र साना गरी ५५ वटा सीमा स्तम्भ हराएको खबर आजको कारोबारमा छापिएको छ । 

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र पर्ने ४१६ देखि ४२४ सम्ममा दुई वटा मुख्य सीमा स्तम्भ र ४१ वटा साना सीमास्तम्भ हराएको समाचारमा उल्लेख छ । 

यस्तै सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरको कार्यक्षेत्रमा पर्ने ४२४ देखि अन्तिम सीमामा ठोरीको ४३८ सम्मका ठूला साना गरी १२ वटा सीमा स्तम्भ हराएका छन् । 

मुख्य सीमा स्तम्भ ४२७ र ४३८ हराएको छ भने, सहायक स्तम्भ ४२७ को ५ नम्बर हराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप