शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सैनिक हेलिकप्टरमा भीआईपीको लर्को, ८ सय घण्टा उडान

बिहीबार, ०४ असोज २०७५, ०६ : १७
बिहीबार, ०४ असोज २०७५

काठमाडौं - सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ बर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् । 

यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६/७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक बर्षको भन्दा धेरै हो । आजको कारोबारमा छापिएको छ ।

नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्यकाबाहिर जाँदा विशिष्ट व्यक्तिले करोडौं रुपैयाँ खर्च हुने गरी सैनिक हेलिकप्टर प्रयोग गरेका हुन् ।

कतिसम्म भने काठमाडौंबाट मुस्किलले २० किमि दुरीमा रहेको काभ्रे जाँदा पनि सैनिक केहिकप्टर प्रयोगका लागि सैनिक हेलिकप्टर नै प्रयोग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप