शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लियोले दिप प्रज्वलन गरी संविधान दिवस मनायो (फोटोफिचर)

बुधबार, ०३ असोज २०७५, २१ : ५३
बुधबार, ०३ असोज २०७५

काठमाडौं । संविधान दिवस वास्तवमै एउटा उत्सव हो । कतिसम्म भने दशैं भन्दा ठूलो, इद भन्दा ठूलो, क्रिसमस भन्दा ठूलो । यही भावनालार्इ बुझेर लियो जिल्ला परिषद ३२५ बि २ नेपालले संविधान दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गरेको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा देशभर दिपावली गरी संविधान दिवस मनाइरहँदा लियोले पनि दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको हो । । 

लियाले राजधानीको माइतीघरमा बुधबार साँझ दिप प्रज्वलन गरेको थियो भने चितवन, बुटवल, हेटौडा,  नेपालगञ्ज र महाकालीलगायत देशभर दिप प्रज्वलन गरेको लियो जिल्ला परिषद ३२५ बि २ नेपालका सचिव लियो कुबेर पाठकले जानकारी दिए । 

लियो देशभर सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप