सेसनबिरुद्ध ट्रम्पको टिप्पणीः ‘मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै भएनन्’
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसनबिरुद्ध फेरि आक्रोस पोखेका छन् । उनले भने, ‘मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै छैनन् ।’
हील टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू जेसनको कार्यबाट ज्यादै दुःखित भएको बताएका छन् । अमेरिकाको गत राष्ट्रपतीय चुनावमा रुसीहरुको संलग्नता सम्बन्धी एक अनुसन्धानबाट सेसनले आफूलाई अलग राखेकामा ट्रम्पले पटकपटक आक्रोस पोख्दै आएका छन् ।
राष्ट्रपति ट्रम्पले अन्तवार्तामा सेसनले त्यस्तो गर्नुपर्ने आवश्यकता नै थिएन भनेका छन् । तर न्याय विभागको निर्देशिकामा महान्यायाधीवक्ता सेसन स्वयं राष्ट्रपतीय चुनावताका रुसीहरुसँगको एक बैठकमा सहभागी रहेकाले अनुसन्धान प्रक्रियामा सहभागी हुन नपाउने प्रावधान छ ।
सीमा समेतका धेरैवटा मुद्दामा जेफ सेसनको कार्यसम्पादन आफूलाई चित्त नबुझेको पनि राष्ट्रपति ट्रम्पले बताए । उनले सेसनका सम्बन्धमा भविष्यमा के गर्ने भन्ने अझै टुङ्गो नलागेको पनि बताए ।
ट्रम्पका सल्लाहकारहरुले सेसनलाई कम्तीमा यही नोभेम्बरमा हुने मध्यावधी चुनावसम्म हटाउन नहुने सल्लाह दिएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत