बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘संविधान कार्यान्वयबाटै गणतन्त्रको सार्थकता’ : प्रदेश प्रमुख झा

बुधबार, ०३ असोज २०७५, २१ : २०
बुधबार, ०३ असोज २०७५

बुटवल । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले संविधानको सफल कार्यान्वयनबाट मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने बताएका छन् । 

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सार्थकताबाट मात्रै देश समृद्धिको यात्रामा अघि बढ्ने हुँदा यसको सफल कार्यान्वयनका लागि सबैको ऐक्यबद्धता, सहकार्य र क्रियाशीलताको आवश्यकता रहेको समेत बताए । 

संविधान दिवसका अवसरमा प्रदेश प्रमुख झाले आज साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजना गर्नुभएको शुभकामना आदान प्रदान कार्यक्रममा उनले संविधानले देशको राजनीतिक प्रणालीलाई मात्र परिवर्तन गरेको नभई देशको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि पनि कोशेढुङ्गा साबित भएको बताए । 

प्रदेश प्रमुख झाले संविधान दिवसको ऐतिहासिक दिनले प्रदेशवासी सबै नागरिकको उत्साहपूर्ण सहभागितामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा प्रदेशको दिगो समृद्धिका लागि एकजुट हुने प्रेरणा मिलोस् भन्ने शुभकामनासमेत व्यक्त गरे । 

कार्यक्रममा मुख्यमन्त्री शङ्कर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारू, मन्त्रीहरुलगायत प्रदेशका उच्चपदस्थ अधिकारी, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप