मौका परीक्षाको नतिजा सार्वजनिक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६ हजार २२७ सहभागी भएकामा नतिजाअनुसार ‘ए प्लस’ ल्याउने ८४, ‘ए’ ल्याउने २८४, ‘बी प्लस’ ल्याउने ८४० रहेका छन् ।
बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षामा ‘बी’ ल्याउने तीन हजार ३७३, ‘सी’ प्लस’ ल्याउने नौ हजार ७५१, ‘सी’ ल्याउने २१ हजार ५७४ र ‘डी प्लस’ ल्याउने २२ हजार २९७ रहेका छन् । त्यसैगरी ग्रेड ‘डी’ ल्याउने १० हजार ४४७ र ‘ई’ ल्याउने सात हजार ५७७ छन् ।
परीक्षामा ‘डी प्लस’ वा सोभन्दा मुनि कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो । सो व्यवस्थाअनुसार मौका परीक्षामा एक लाख १६ हजार सहभागी हुन पाउने भए पनि ७६ हजार २२७ जना मात्र सहभागी भएका थिए ।
यस वर्षको मौका परीक्षाको नतिजा अघिल्लो वर्षभन्दा १४ दिनअघि सार्वजनिक गर्न सफल भएको बोर्डले जनाएको छ । बोर्डले गत भदौ १६ गते कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण