शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विकासका मुद्दामा एकताबद्ध हुनुपर्छ : उपप्रधानमन्त्री पोखरेल

बुधबार, ०३ असोज २०७५, २० : ३२
बुधबार, ०३ असोज २०७५

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिकरुपमा प्रतिस्पर्धा भए तापनि विकासका मुद्दामा सबै राजनीतिक दल तथा जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । 

संविधान दिवसका अवसरमा बूढानीलकण्ठ नगरपालिकाको ‘जगडोल प्रवेशद्वार’ उद्घाटन तथा नमूना पर्यटकीय ग्रामको घोषणा कार्यक्रममा मन्त्री पोखरेलले ‘यो पार्टीले यसो ग¥यो ऊ पार्टीले त्यसो ग¥यो भनी जनप्रतिनिधिमाथि धावा बोल्नु हुँदैन’ राखे । 

मन्त्री पोखरेलले विकास निर्माणको क्रममा विरोधी भावना नराखी सरकार पक्ष तथा प्रतिपक्षी दलका जनप्रतिनिधिलाई एकआपसमा मिलेर गर्न आग्रह गरे । विकास कुनै पार्टी विशेष नहुने भन्दै मन्त्री पोखरेलले विकास, जनताको सेवा, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित हुनुपर्ने बताए । 

उनले भने, ‘राम्रो कुराको आवरणमा गलत कामहरु हुनुहुँदैन, कहीँकतै चुक्नु हुँदैन ।’ विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै वर्तमान सरकार अघि बढिरहेको बताउँदै मन्त्री पोखरेलले संविधानलाई कार्यान्वयन गर्नु नै वर्तमान सरकारको मुख्य कार्यभार भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप