शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान अग्रगामी र उत्कृष्ट छ : मुख्यमन्त्री भट्ट

बुधबार, ०३ असोज २०७५, २० : २९
बुधबार, ०३ असोज २०७५

धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त नेपालको संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् । 

संविधान दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले भने, ‘मुलुकको विकास र समृद्धिका लागि संविधानको प्रभावकारी कार्यान्वयनमा सबैले सकारात्मक सोच राखेर आ आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्दछ ।’ 

मुख्यमन्त्री भट्टले मुलुक नयाँ अभ्यासमा जाँदा केही समस्या र जटिलता देखिनु अस्वभाविक नभएको उल्लेख गर्दै ‘जनताका सबै अधिकारको प्रत्याभूति गरेको नेपालको संविधान अग्रगामी र उत्कृष्ट छ भने ।’

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले परिवर्तनका लागि भएका आन्दोलनमा शहीद भएकाको सपना पूरा गर्ने सोचलाई आत्मसात् गर्न यो दिवसले सबैमा प्रेरणा दिने बताए । 

समारोहमा प्रदेश प्रमुख मोहनराज मल्ललाई नेपाली सेनाको एक टोलीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा विभिन्न झाँकी र खेल प्रस्तुत गरिएको थियो । 

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीबाट बाजा र झाँकीसहित निस्केको ¥याली बजारको विभिन्न भागको परिक्रमा गरी कबर्डहलमा पुगेर समारोहमा परिणत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप