भक्तपुरमा मोटरसाइकलको ठक्करबाट बृद्धको मृत्यु
बुधबार, ०३ असोज २०७५, २० : १४
भक्तपुर– भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ मा सडक पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट बुधबार साझँ एक वृद्धको मृत्यु भएको छ ।
चारदोबाटोस्थित अरनिको राजमार्ग पार गर्ने क्रममा पैदल यात्री सोही स्थानका बर्ष ८० का जोगभक्त श्रेष्ठरलाई भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा ७० प १६६५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करपछि घाईते भएका श्रेष्ठको उपचारको मध्यपुर अस्पताल उपचारकै क्रममा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।
ठक्कर दिने मोटर साइकल चालक भारत बिहार घर भक्तपुर बालकोट बस्ने बर्ष ३० को सम्लेशकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरिक्षक पोखरेलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी