केन्द्रीय संस्करण

थपियो यतिको एटिआर विमान

person access_timeअसोज ३, २०७५ chat_bubble_outline0

काठमाडौँ– निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यति एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ । 

मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नाइन एन–एएलएन विमानसँगै यतिका अब तीन वटा एटिआर विमान भएका छन् । 

उक्त विमान फ्रान्सको टुलुस शहरबाट इटाली, इजिप्ट, मस्कट हुँदै काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ । थपिएको एटिआर विमान हालका गन्तब्यबाहेक भद्रपुर तथा निकट भविष्यमै पोखरा सेवा दिने यति एयरलाइन्सका वरिष्ठ प्रवन्धक तथा प्रवक्ता भीमराज राईले जानकारी दिए । यतीको एटिआर विमानले हाल विराटनगर, भैरहवा, नेपालगञ्ज उडान भर्दै आएको छ । 

यती एयरलाइन्सको थपिएका तीन वटा एटिआर–७२–५०० र ६ वटा बिएई जेटस्ट्रीम ४१ विमानले उडान भर्नेछन् । यतीकै भगिनी संस्था तारा एयरसँग दुई वटा डरनियर डिओ–२२८, दुई वटा ट्विन अटर डिएचसी–३०० र दुई वटा ट्विन अटर भिकिङ ४०० सिरिज छन् । जम्मा छ वटा एटिआर विमान भित्र्याउने योजनामा रहेको यतीले थप विमान ल्याउने प्रक्रियामा रहेको कम्पनीका प्रवक्ता राईले बताए । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाई २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकामा त्यसलाई साकार तुल्याउन साझेदारीका रुपमा सेवा पु¥याउने उद्देश्यले विमान सेवालाई प्रयोग गरिने कम्पनीले जनाएको छ । ‘नेपाल भ्रमण वर्षलाई लक्षित गरी विमानको सेवालाई अघि बढाइने छ, साथै नजिकिएको नेपालीको महान् चाड दशैँमा यात्रुको सहजतालाई समेत ध्यानमा राखेर सेवालाई प्रभावकारी बनाइनेछ,’ उनले भने । 

नयाँ एटिआरले आवश्यक प्रक्रिया पूरा गरी अबको १५ दिनभित्र उडान शुरु गर्ने जनाइएको छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ