शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाको पत्रकार संगठनले निश्काशन गर्यो चार पत्रकार

बुधबार, ०३ असोज २०७५, १९ : ५४
बुधबार, ०३ असोज २०७५

असोज– क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । दाङमा सम्पन्न बैठकले देशभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकार संगठनको पक्षमा अभियान चलाउने निर्णय समेत गरेको छ । 

बैठकले मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्यसमेत नरहने गरि निष्काशन गरेका पत्रकार जन्मदेव जैशी, कमल बुढा, बाबुराम भुसाल र सुदीप बर्देवालाई पनि क्रान्तिकारी पत्रकार संगठनको साधारण सदस्यसमेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको छ ।

बैठकले पछिल्ला दिन केही व्यक्तिहरुले संगठनको लेटर प्याड, छाप र संगठनका केन्द्रीय सदस्यहरुको नामसमेत दुरुपयोग गर्दै हस्ताक्षर नभएका नक्कली विज्ञप्ति निकाल्ने र यस संगठनको नेतृत्वविरुद्ध भ्रम फैलाउने कार्य भएको प्रति गम्भिर ध्यानकर्षण भएको जनाएको जनाउँदै गलत व्यक्तिका नक्कली र गलत प्रचारको भ्रममा नपर्न देशभरका संगठनका सदस्य, सञ्चारकर्मी र शुभचिन्तकहरुलाई आग्रह समेत गरेको छ ।

बैठकले संगठन र नेतृत्वविरुद्ध अनावश्यक तथा भ्रामक प्रचार गर्ने, संगठन विरोधी गतिविधि गर्ने तथा संगठनको निर्णय नमान्ने एवम् अनलाईन सञ्चारमाध्यम, समाजिक सञ्जाल (फेसबुक ट्वीटर लगायत) मार्फत संगठन र नेतृत्वको बदनाम गर्ने गम्भीर हर्कत गरिरहेकाले त्यस्ता क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दै संगठनको विधि र पद्धतिअनुसार अगाडि बढ्न निर्देशन समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप