शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रिवनको मिसेस नेपाल इन्टरनेश्नलका प्रतियोगीले देखाए ट्यालेन्ट

बुधबार, ०३ असोज २०७५, १९ : ४४
बुधबार, ०३ असोज २०७५

काठमाडौं– विवाहित महिला बीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनल २०१८ का प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट सो गरेका छन् । राजधानीको अर्याल होटलमा आयोजित ट्यालेन्ट सोमा उनीहरुले आ–आफ्नो प्रतिभा देखाएका हुन् ।

ट्यालेन्ट सोमा प्रतियोगीले अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकला लगायतका कला प्रदर्शनी गरेका थिए । प्रतियोगिताको यो चौथो संस्करण हो । यो संस्करणमा आयोजकले मानव बेचबिखन बिरुद्धको अभियान समेत चालेको छ । 

ट्यालेन्ट शोमा रंगकर्मी विरेन्द्र हमाल, नृत्य निर्देशक गोविन्द राई, अभिनेत्री अरुणा कार्की र निर्देशक सुमन दाहाल निर्णायक रहेका थिए । विभिन्न पेसामा आबद्व तथा गृहिणीका रुपमा रहँदै आएका विवाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउन, उनीहरुको प्रतिभा निखार्दै आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पुर्याउने उदेश्य यो प्रतियोगिताको रहेको प्रतियोगीताका निर्देशक निर्देशक निशुकान्त झाले बताए ।

प्रतियोगिताका बिजेताले सिंगापुरमा आयोजना हुने मिसेस इन्टरनेशनल २०१८ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । साथै पुरस्कारको रुपमा स्कुटर र अन्य बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।  प्रतियोगिताका प्रतियोगीहरु अहिले विज्ञहरुद्धारा व्यक्तित्व विकास, अन्तर्राष्ट्रिय मोडलिङ वर्कसप, ग्रुपिङ, क्याटवक,श्रृंगार, जुम्बा, हस्पिटालिटी मेनेजमेन्ट, फेसन, आर्टजस्ता विषयमा प्रशिक्षण लिइरहेका छन् । 

अश्विनी झाको कोरियाग्राफी र सञ्चालन रहने प्रतियोगतिाको संयोजक रेनु सेन्चुरी र सम्राट शाह रहेका छन् । प्रतियोगतिाको अन्तिम स्पर्धा आगामी ८ असोजमा राजधानीमा एक भब्य कार्यक्रमसहित आयोजना हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप