शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व प्रसिद्ध स्न्यापअन ब्राण्डका ग्यारेज उपकरण नेपाली बजारमा

बुधबार, ०३ असोज २०७५, १९ : २६
बुधबार, ०३ असोज २०७५

काठमाडौं । श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ्ग कन्र्सनले स्न्यापअन ब्राण्डका ग्यारेज उपकरण नेपालमा भित्र्याएको छ । ग्यारेजलाई चाहिने अत्याआवश्यक उपकरणहरुको उत्पादन ब्लु पोइन्ट टुल्स् जोन बिन् हफमेन र बाको कटिङ्गसस् नामका ब्राण्डका उत्पादन यस कम्पनीले गर्दै आएको छ ।

हाल ग्यारेजको लागि चाहिने सम्पूर्ण औजारहरु नेपाली बजारमा भित्राएको श्रेष्ठ इन्टरनेशनल टेड्रिङ्ग कन्र्सनका प्रबन्ध निर्देशक दिनेश श्रेष्ठले बताए । अत्याधुनिक र आधुनिक प्रबिधीलाई नेपालमा भित्राइएको उनले बताए ।

पुरानो प्रबिधी अनुसार कार व्हील एलाइन गर्न २० मिनेट लाग्छ भने यो नयाँ प्रबिधीलाई प्रयोगमा ल्यासकेपछि १ मिनेटमा कारको व्हील एलाइन गर्न सकिन्छ । यो प्रबिधीलाई ग्यारेजले प्रयोग गर्न सके एकै दिनमा २०० वटा कारको एलाइन्मेन्ट गर्न सकिने श्रेष्ठले बताए । 

स्न्यापअन कम्पनीका उत्पादन बढि सुरक्षित, गुणस्तरिय र आधुनिक प्रबिधी मैत्रि रहेकाले विश्व भरिका ३६ वटा प्लान्टहरुबाट यसको उत्पादन भइराखेको श्रेष्ठले बताए । हाल यसको उत्पादन चिन र भारत दुवै देशबाट भइराखेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप