शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चाडबाडलाई लक्षित गर्दै शिखर सुजले ल्यायो सयभन्दा बढी मोडलका जुत्ता

बुधबार, ०३ असोज २०७५, १९ : १२
बुधबार, ०३ असोज २०७५

काडमाडौं । जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छटलगायतका चाडबाडलाई लक्षित गरेर १ सय भन्दा बढी नयाँ डिजाइनका जुत्ता ल्याएको छ ।

शिखरले युवायुवती, स्कुले विद्यार्थी, कामकाजी ब्यक्तित्वहरुलाई लक्षित गरेर हरेक सिजनमा नयाँ डिजाइनका जुत्ता उत्पादन गर्दै आएको छ ।

दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने अबसर पनि भएकाले ग्राहकहरुको रोजाइ अनुसारको जुत्ता उपलब्ध गराउन बजारमा आएका भन्दा विल्कुलै नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको शिखरले जनाएको छ ।

ती नयाँ जुत्तामा पार्टी सुजका २५ भन्दा बढी डिजाइन, स्पोर्टस् सुजका २५ भन्दा बढी डिजाइन, क्याजुअल सुजका २५ भन्दा बढी डिजाइन र अन्य जुत्ताका २५ भन्दा बढी डिजाइन छन् । शिखरले राजधानीलगायत देशैभर आफ्नै सोरुम र वितरकहरुमार्फत जुत्ता बेच्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप