‘छक्का पञ्जा ३’ को पोस्टर : अटाए ५ कलाकार, किन राखिएन रिलिज मिति ?
काठमाडौं– रिलिज मिति अझै तय हुन नुकेको चलचित्र ‘छक्का पञ्जा ३’ ले अफिसियल पोस्टर भने सार्वजनिक गरेको छ । प्रदर्शन मिति नराखी निर्माण युनिटले पोष्टर सार्वजनिक गरेको हो । पोष्टर चलचित्रको निर्देशक दीपाश्री निरौलाले आफ्नो आधिकारीक फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।
पोस्टरमा चलचित्रका ५ कलाकार दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ अटाएका छन् । यी ५ मध्ये दीपिकालाई बीचमा राखिएको छ । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्र दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्र युनिटले शनिवार ट्रेलर सार्वजनिक गर्ने जनाएको छ । ट्रेलर भने प्रदर्शन मिति राखेर आउने निर्माण युनिटको भनाई रहेको छ ।
दशंैमा प्रदर्शनमा आउने चलचित्रमा नीर शाह, शिवहरि पौडेल, विल्सनविक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइरालाले चलचित्रमा अतिथि भूमिका निर्वाह गरेका छन् । चलचित्रका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण