राजपा केन्द्रीय कार्यालयमा यसरी मनाईयो कालो दिवस, उपेन्द्र यादवमाथि खनिए नेता
असोज– आज राष्ट्रिय जनता पार्टी नेपालका युवा तथा विद्यार्थी संगठनले पार्टी केन्द्रीय कार्यालयमा कालो दिवस मनाएका छन् । ‘असोज ३ कालो दिन’ भन्दै ‘संबैधानिकक बिभेद एवम् समाधानका उपायहरू’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना गरी ती संगठनले असोज ३ लाई कालो दिनका रुपमा मनाएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठनका अध्यक्ष रंजितकुमार सिंहले अधिकारको लड़ाई अझ जारी रहेको र युवाहरूले संबिधान संसोधनको निम्ति कुनै पनि बलिदान दिन पछि नपर्ने पनि जनाए। राजपाका पूर्व सभासद मिना चौधरीले अझ पनि थारू, मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम लगायतले संबिधानमा अपनत्व पाउन नसकेको बताइन् ।
राजपा नेपालका सचिव एवं प्रदेशसभा सदस्य उपेन्द्र महतोले आफुहरुले ओली सरकारलाई संबिधान संशोधनको निम्ति समर्थन दिएको बताउँदै गुलामिको निम्ती समर्थन नदिएको स्पष्ट पारे । उनले भने, ‘अब पानी टाउकोमाथि पुगिसक्यो, राजपाले छिटै सरकारलाई दिएको समर्थन फिर्ता लिई आन्दोलनमा जाने दिन आएका छन् ।’ उनले प्रतिकूल अवस्थामानै नेताहरूको नेतृत्व क्षमता देखिने बताउँदै उपेन्द्र यादवले आफ्नो चरित्र देखाएको आरोप समेत लगाए।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजपाका महासचिव सुरेन्द्र झाले उपेन्द्र यादवले मन्त्री पदको लागि मधेश आन्दोलनलाई ओलीसमक्ष दाउमा राखेको आरोप लगाए। मधेशको भावना र आन्दोलनको नेतृत्व केवल राजपाले गर्ने पनि उनको भनाई थियो । प्रदेशसभा सदस्य सुरिता साहले अब पूर्ण अधिकारको लड़ाई युवाको काँधमा आएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण