शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निराजन र प्रविशाको ‘विस्तारै विस्तारै’ रोमान्स

बुधबार, ०३ असोज २०७५, १८ : ३१
बुधबार, ०३ असोज २०७५

काठमाडौं – निराजन कँडेल र प्रविशा अधिकारीको स्वरमा रहेको आधुनिक गीत ‘बिस्तारै बिस्तारै’को भिडियो रिलीज गरिएको छ । भिडियोमा सागर थापा र स्वाती श्रेष्ठको अभिनय रहेको छ ।

प्रमोद कोइरालाको शब्द तथा संगीत रहेको गीतको भिडियोले बालापान देखिको प्रेम दर्शाइएको छ । बाल्यकालमा अनायासै टाढिएको प्रेम किशोरावस्थामा प्राप्त हुनुनै भिडियोको थिम हो । भिडियो गणेश शाहीले निर्देशन गरेका हुन् । 

गायक निराजनले आफ्ना सबै गीतहरुमध्ये बढी आशा गरेको गीत ‘बिस्तारै बिस्तारै’ भएको बताए ।

भिडियोमा फराज अर्पणको छायाँकन तथा सम्पादन रहेको छ भने ड्रोन अपरेटर प्रविन राई हुन् ।

निरा कँडेल, जानकी देवी कँडेल र जोफ्रे मिरेन्जी निर्माता रहेको भिडियोमा बाल कलाकारको रुपमा शाश्वत र अनुश्रेया छन् भने राजेश बिशुराल र स्वेक्षाराज बिशुरालको पनि अभिनय देख्न सकिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप