केन्द्रीय संस्करण

उपराष्ट्रपति पुन चीनको राजधानी छेन्दुमा, यान वि पिङले गरे स्वागत

person access_timeअसोज ३, २०७५ chat_bubble_outline0
file photo

काठमाडौं । छदिने औपचारिक चीन भ्रमणका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन आज अपराह्न सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् । 

उपराष्ट्रपति पुनलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरेका थिए । 

उपराष्ट्रपति पुनसँग आज साँझ चीनका उपप्रधानमन्त्री हु छुनह्वाले शिष्टाचार भेट गर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यसलगत्तै उपराष्ट्रपति पुन चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारकातर्फबाट आयोजित रात्रि भोजमा सहभागी हुनेछन् । 

उनले बिहीबार छेन्दुमा ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एण्ड रोड’सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ