बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जनमुक्ति  पार्टीद्वारा बुटवलमा प्रदर्शन, संविधान दिवसलाई कालो दिनको संज्ञा

बुधबार, ०३ असोज २०७५, १७ : २५
बुधबार, ०३ असोज २०७५

काठमाडौं– राष्ट्रिय जनमुक्ति पार्टीले संविधान पुनर्लेखनको माग गरेको छ ।

 नेपालको संविधान २०७२ जारी भएको असोज ३ गतेको दिनलाई  उसले कालो दिनको संज्ञा दिएको छ ।  जारी संविधानले सबै नेपालीको भावना समेट्न नसकेको भन्दै बुधबार  उसले बुटवलमा विरोध प्रदर्शन  गरेको समेत गरेको छ । 

विरोध सभामा बोल्दै जनमुक्ति युवा महासंघका केन्द्रिय सहअध्यक्ष शंकर गाहाले उत्पीडन र दमनमा परेका तीन करोड नेपाली जनताको आवाजलाई संविधानले कुण्ठीत गरेको धारणा राखे । 

 शब्दको जालझेलमा धर्मनिरपेक्षता, समानुपातिक समावेशी, संघीयता जस्ता मूलभूत कुराहरुलाई अपव्याख्या गरि ल्याएको विभेद्कारी संविधान धेरै दिन नटिक्ने नसक्ने ठोकुवा समेत गरे । 

राष्ट्रिय महिला मोर्चाका महासचिव गीता सारुले महिला, खस, मुस्लिम आदिवासी लगायतका पक्षलाई संविधानले समेट्न नसकेको बताइन्  । उनले संविधानको संशोधनको विकल्प समाप्त भएकाले अब सबैको अपन्वत्वका लागि पूर्नलेखन गर्नु पर्ने माग गरिन्  ।

सभामा पार्टीका संघीय परिषद् सदस्य भीम बहादुर राना, प्रदेश पाँचका इन्चार्ज केवी पुन, पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ, पार्टीका नगर अध्यक्ष थर्क बहादुर बारघरे लगायतले मन्तब्य राखेका थिए ।  

सभाअघि लखनचोक चौराहबाट कालो झण्डा, व्यानर र प्लेकार्ड सहित र्याली सुरु भई मिलनचोक, बसपार्क अस्पताललाइन हुँदै मिडियाचोकमा पुगेर सभामा परिणत भएको थियो ।

सहभागीहरुले मौन मार्चपास समेत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप