बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस स्वतन्त्र प्रेसको पक्षमा छः नेता केसी

बुधबार, ०३ असोज २०७५, १७ : २०
बुधबार, ०३ असोज २०७५

तेजेन्द्र के सी. 
बुटवल–नेपाली कांगे्रसका नेता  तथा पूर्वमन्त्री  अर्जुननरसिंह केसीले पत्रकारिता मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । 

प्रेस युनियन रुपन्देहीको आज बुटवलमा आयोजित २० औं साधारणसभा तथा आठौ अधिवेशनमा बोल्दै केसीले यस्तो बताएका हुन् । 
उनले प्रेस  स्वतन्त्र भएमात्रै मुलुकमा लोकतन्त्र बताउँदै काँग्रेस स्वतन्त्र प्रेसको पक्षमा रहेको बताए । 

लोकतन्त्रलाई संस्थागत गर्न र संविधान कार्यान्वयन गर्न नयाँ प्रकारको आन्दोलन आवश्यक रहेको पनि केसीले बताए । 

सो अवसरमा पे्रस युनियनका केन्द्रिय उपाध्यक्ष दीपक आचार्यले सरकारले ल्याएको मुलुकी सहिंताले पे्रसलाई कमजोर बनाउने बताए ।

 युनियका उपाध्यक्ष वाला अधिकारीले मिडिया बिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउँदै मुलुकी सहिंता स्वतन्त्र प्रेस बिपक्षमा रहेको दावी गरिन् । 

कार्यक्रममा नेपाली कांगे्रसका रुपन्देही सभापति अब्दुल रज्जाक, प्रदेससभा सांसद निर्मला क्षेत्री, प्रेस युनियनका महासचिव अजयबावु शिवाकोटी, पूर्व महासचिव शिव लम्साल, पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी पत्रकार महासंघका रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, पत्रकार माधव अर्याल, नेपाली कांगे्रसका क्षेत्रीय सभापनि हरि लम्साल, बुटवल नगरसभापति खेलराज पाण्डे, तुलाराम गुरुङ लगायतले बोलेका थिए । 

कार्यक्रममा जीपी पत्रकारिता पुरस्कारबाट पत्रकार छविलाल पाण्डेलाई सम्मान गरिएको थियो ।  पुरस्कारको राशी २५ हजार १ सय १ रुपैंयाको रहेको छ । यस्तै  सञ्चारकर्मी सीता पौडेललाई पनि पे्रस युनियनले सम्मान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप