शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकी सहिंता स्वतन्त्र प्रेसको बाधक : नेता केसी

बुधबार, ०३ असोज २०७५, १६ : ५८
बुधबार, ०३ असोज २०७५

तेजेन्द्र के सी. 
बुटवल– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री  अर्जुननरसिंह केसीले सञ्चार संसारकै संरक्षक रहेको बताएका छन् । उनले प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्ने बताउँदै स्वतन्त्र पे्रसमाथि कसैलाई पनि अवरोध गर्ने अधिकार नभएको बताए ।

प्रेस युनियन रुपन्देहीको आज बुटवलमा आयोजित २० औं साधारणसभा तथा आठांै अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएको मुलुकी संहिताले सबै क्षेत्रलाई अप्ठ्यारोमा पारेको उल्लेख गर्दै पे्रसलाई यो वा त्यो प्रकारले सरकारले अबरोध गर्न खोजेको समेत आरोप लगाए । 

आस्थाका कारण फरक–फरक ठाउँमा उभिएपनि स्वतन्त्र प्रेसको पक्षमा सबै पत्रकारहरु एकठाउँ हुनुपर्ने उनको भनाई थियो । पूर्वमन्त्री समेत रहेका केसीले  सरकारले ल्याएको नयाँ मुलुकी संहिताले प्रेसलाई अंकुश लगाएको बताउँदै तत्काल सच्याउन माग गरे । 

प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्यले सरकारले ल्याएको मुलुकी सहिंताले प्रेसलाई कमजोर बनाउने बताए । प्रेसलाई जिम्मेवार बनाउन सरकारले नसकेको दावी गर्दै स्वतन्त्र  प्रेसको पक्षमा खवरदारी गर्नुपर्ने उनले बताए ।

प्रेस युनियनका उपाध्यक्ष वाला अधिकारीले मिडिया बिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउँदै मुलुकी सहिंता स्वतन्त्र प्रेसको बिपक्षमा रहेको दावी गरिन् ।

कार्यक्रममा नेपाली कांग्रेसका रुपन्देही सभापति अब्दुल रज्जाक, प्रदेससभा सांसद निर्मला क्षेत्री,  प्रेस युनियनका महासचिव अजयबावु शिवाकोटी, पूर्व महासचिव शिव लम्साल, पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी पत्रकार महासंघका रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, पत्रकार माधव अर्याल, नेपाली कांगे्रसका क्षेत्रीय सभापनि हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, तुलाराम गुरुङ लगायतले बोलेका थिए ।

जीपी पत्रकारिता पुरस्कारः पाण्डेलाई

कार्यक्रममा जीपी पत्रकारिता पुरस्कारबाट पत्रकार छविलाल पाण्डेलाई सम्मान गरिएको छ  पत्रकार पाण्डेलाई नगद २५ हजार १ सय १ रुपैंयासहित कदरपत्रले सम्मान गरिएको छ भने सञ्चारकर्मी सीता पौडेललाई पनि प्रेस युनियनले सम्मान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप