शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व प्रधानमन्त्री नवाज शरिफ र छोरीलाई रिहा गर्न अदालतको आदेश

बुधबार, ०३ असोज २०७५, १६ : ५४
बुधबार, ०३ असोज २०७५

एजेन्सी । पाकिस्तानको एक शीर्ष अदालतले बुधबार पूर्व प्रधानमन्त्री नवाज शरिफ, उनको छोरी र ज्वाइँको जेल सजाय रद्द गरिदिएको छ । 

उनीहरु भ्रष्टचार मुद्दाको आरोपमा जेल सजाय भोगिरहेका थिए ।

मिडिया रिपोर्टहरुको अनुसार इस्लामावाद उच्च अदालतको दुई न्यायाधीश रहेको बेन्चले पूर्व प्रधानमन्त्री, उनको छोरी र ज्वाइँले आफूहरुको सजायमा पुनर्विचार गरियोस् भनेर दायर गरेको रिटमा फैसला सुनाउँदै रिहा गर्ने आदेश दिएको हो । उनीहरुलाई लण्डनस्थित बिलासी फ्ल्याट किन्दा भ्रष्टाचार गरेको भन्ने आरोपमा सजाय दिइएको थियो ।  

न्यायाधीस अथर मिनाल्लाहले फैसला पढ्दै जुलाई ६ मा न्यायाधीस मोहम्मद बसिरले गरेको फैसला रद्द गरिएको बताए । जुलाई ६ को फैसलाले शरिफ, उनकी छोरी मरयम र ज्वाइँ सफ्दरलाई क्रमशः ११, ८ र १ वर्षको जेल सजाय दिएको छ । 

दुई न्यायाधीसको बेञ्चले गरेको फैसलाले पूर्व प्रधानमन्त्री, उनकी छोरी र ज्वाइँलाई रिहा गर्न निर्देशन दिएको छ । 

साथमा फैसलामा शरिफ, मरयम र सफ्दर प्रत्यकलाई ५ लाख पाकिस्तानी रुपैयाँ तिर्न निर्देशन दिइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप