शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायी महासंघको अध्यक्षमा कार्कीको उम्मेदवारी

बुधबार, ०३ असोज २०७५, १६ : ०२
बुधबार, ०३ असोज २०७५

काठमाडौं–नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभा र ११ औं अधिवेशनमा यक्षध्वज कार्कीले अध्यक्ष पदका लागि आज आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कार्कीले महासंघको अध्यक्ष हुँदा आफूले गर्ने कामहरु ५१ बुँदे प्रतिबद्धतासहित आजै सार्वजनिक गरेका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्कीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । महासंघको संस्थापक सदस्य भई स्थापना कालदेखिनै महासंघ एवम् व्यवसायीहरुको हकहित र गरिमाका लागि आफू निरन्तर लागिपरेको उनको जिकिर छ । 

अहिलेको परिवेशमा निर्माण व्यवसायप्रति सरकारी निकाय नागरिक समाजलगायत सम्पूर्ण क्षेत्रबाट बदनाम र नकरात्मक सोच भई समाजमा स्थापित् हुन कठिनाई भैरहेको तितो सत्य सुनाउँदै कार्कीले भने,‘महासंघको उद्देश्यमानै धक्का पुग्ने अवस्था भएकोले म पूनः अध्यक्षमा उठेको छु । समयमै काम सम्पन्न गर्ने गुणस्तरीय काम गर्ने अवस्था सिर्जना गर्छु ।’

उनले महासंघको नेतृत्वमा पुग्न रहरले नभएर समय र परिस्थितिले ल्याउने कुरा भएको पनि स्पष्ट पारे । उनले भने,‘व्यवसायीहरुको उत्थान गर्ने हो । सरकारसँग हातेमालो गरेर विकास निर्माणको कामहरु सम्पन्न गर्ने हो । जनतासँग नजिक रहने हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप