शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा ५० हजार राशीको फुटबल प्रतियोगिता सुरु

बुधबार, ०३ असोज २०७५, १५ : ५८
बुधबार, ०३ असोज २०७५

बुटवल– आजदेखि गुल्मीमा जिल्लामै दोश्रो ठुलो धनराशी भएको फुटबल प्रतियोगिता सुरु भएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा तम्घासकै अन टेष्ट युवा क्लव रेसुङ्गा प्रथम पुरस्कार ५० को खुल्ला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको हो । भदौ ६ गतेसम्म चल्ने प्रतियोगिताको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले उद्घाटन गरेका थिए ।

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, तिनवटै सुरक्षा निकायका प्रमुख , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारी लगायतले मन्तव्य राखेका थिए ।  द्धितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार पाँचहजार राखिएको छ भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई ३० हजार बराबरको पुरस्कार प्रदान गरिने क्लवका कोषाध्यक्ष दिनेश पाण्डेयले जानकारी दिए ।    

पूर्व तयारीका क्रममा चिदिचौरको सरसफाई गर्नुका साथै मैदान वरिपरि तारबार पनि गरेको छ । त्यस्तै क्लवकै खर्चमा चिदिचौरको प्याराफिटमा समेत रङ्गरोहन गरिएको क्लवका सचिव दिपक कुँवरले जानकारी दिए ।अन टेष्ट युवा क्लवले २०७१ सालमा इतिहासमै पहिलो पटक जिल्लामा सबैभन्दा धेरै प्रथम पुरस्कार ७० हजार राशिको को प्रतियोगिता सम्पन्न गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप