शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको सम्मान पाउनेको सूचीमा बैंकर्स र व्यवसायी, कसलाई कुन पदवी ? (सूचीसहित)

बुधबार, ०३ असोज २०७५, १५ : ५७
बुधबार, ०३ असोज २०७५

काठमाडौं– सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मानको घोषणा गरेको छ । यसैक्रममा व्यावसायिक व्यक्तिहरुलाई पनि सरकारले सम्मानको घोषणा गरेको छ 
उद्यमीहरु राजेन्द्र मल्ल, हरिभक्त शर्मा, हेमराज ढकाल, मीन बहादुर गुरुङ र लोकमान्य गोच्छा सुप्रवल जनसेवा श्री तृतीय पदबीबाट सम्मानित भएका छन् । यता राष्ट्रिय सहकारी संघका  अध्यक्ष केशव बडालले पनि सोही पदक पाएका छन् ।  उनी सहकारी अभियानका अगुवा हुन् ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई  जनसेवा श्री चतुर्थबाट सम्मान गरिएको छ । यस्तै चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक शाह, कृषि सहकारीकी मिना ढकाल र उद्यमी निरु पुलामीलाई पनि जनसेवा श्री चतुर्थ प्रदान गरिएको छ । 

उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सामाजिक सञ्जालमा सो पदवीबाट सम्मान गरेको विषयलाई लिएर  नेपालमा औद्योगिक क्षेत्रमा व्यावसायिकता विकास गर्दै गुणस्तरता दिने हाम्रो प्रयासलाई सरकारले सम्मान गरेको छ भन्दै लेखेका छन् । 

होटल संघ नेपालका अमरमान शाक्य, ललितपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अमरमान जोशी, रत्ननगर टाडीका व्यवसायी दीपक कुमार कर्माचार्य र यादव पाण्डेलाई पनि विभुषित गरिने भएको छ ।  
यस्तै सहकारीकर्मी ओमदेवी मल्ल (सुप्रवल जनसेवाश्री तृतीय), व्यवसनयी यादव प्रसाद पाण्डे (जनसेवा श्री पञ्चम श्रेणी) सम्मानित भएका छन् । गृहमन्त्रालयले आज विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मानको घोषणा गरेको हो । एक कार्यक्रमका विच राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषण प्रदान गर्नेछिन् ।

 

सूची यहाँबाट हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप