बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघर मण्डलामा फेरि फरफराउने भो राष्ट्रिय झण्डा

बुधबार, ०३ असोज २०७५, १५ : ४५
बुधबार, ०३ असोज २०७५

काठमाडौं– प्रमुख राजनैतिक दलका युवा संगठनहरुले माइतीघर मण्डलामा नेपालको झण्डा राखेका छन् ।  युवा संगठनहरुले संविधान दिवशको अवशर परेर नेपालको राष्ट्रिय झन्डा राखेका हुन् । 

नेकपाका युवा संघ र वाईसीएल, नेपाली कांग्रेसको तरुणदल र नेपाल देशभक्त युवा समाजको संयुक्त पहलमा माइतीघरमा रहेको पूरानो झन्डा फेर्दै झन्डा फहराउने नयाँ संरचनामा झण्डोत्तलन पनि भएको छ । 

१ सय फिट लामो स्टीलको पोल गाडी झन्डै ३० फीट लामो झन्डा फहराइएको छ ।

यसअघि पनि नेपाल देशभक्त युवा समाजले २०७३ माघ १६ गते शहिद दिवसको अवसर पारेर  १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली झण्डा राखेको थियो ।

तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा झण्डोत्तलन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप