शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा संविधानको विरोध गर्दै संशोधनको माग

बुधबार, ०३ असोज २०७५, १५ : ३३
बुधबार, ०३ असोज २०७५

बुटवल–प्रदेश ५ को अस्थाई राजधानी बुटवलमा बिशाल सहभागितामा संविधानको स्वागत गर्दै भव्य रुपमा संविधान दिवस मनाई रहँदा   यो संगै जोडिएको जिल्ला कपिलवस्तुमा भने संविधानको विरोध सभा गरिएको छ । 

राजापा नेपालको आायोजनामा गरिएको विरोध सभामा त्यस पार्टीका महामन्त्री रविदत्त मिश्रले संविधान संशोधन हुनुपर्ने, पहिलाकै जस्तो गरी मधेशी समुदायलाई नागरिकता दिनु पर्ने माग गरेका थिए ।  पार्टी कार्यालयबाट करिव हजार जनाको संख्यामा आएको जुलुसले जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन गरेको थियो ।

सो पार्टीका केन्द्रीय सदस्य रविनाथ मिश्र, अर्का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मधुसुदन चौधरी लगायले कैलालीका सांसद रेशम चौथरीलाई तत्काल रिहा गर्नु पर्ने लगायतका मागहरु राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप