बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीको नैन्ही गाउँमा झाडापखाला फैलियो

बुधबार, ०३ असोज २०७५, १४ : ५६
बुधबार, ०३ असोज २०७५

गौशाला– महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँको मुसलमान टोलमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट ४१ जना प्रभावित बनेका छन् । 

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मुसलमान टोलमा मङ्गलबार साँझदेखि झाडापखाला फैलिएको हो । झाडापखालाका बिरामीलाई स्थानीय मदरसामा राखेर उपचार भइरहेको छ । 

जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा.राजीव झाले प्रभावित क्षेत्रमा चिकित्सक टोली पुगेर उपचार थालिएको बताए । ‘केही बिरामी सिकिस्त छन्,’ उनले भने ।

सिकिस्त अवस्थाकी नईमा खातुनको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । ‘चिकित्सक टोली औषधिसहित पुगेको छ, झाडापखाला नियन्त्रणमा आएको खबर छ,’ डा.झाले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप