केन्द्रीय संस्करण

प्रेमिकालाई भेट्न आएका युवकलाई यसरी जुत्ताको माला लगाई बजार घुमाइयो

person access_timeअसोज ३, २०७५ chat_bubble_outline0

एजेन्सी । आफ्नी प्रेमिकासँग भेट्न गएको एक युवकमाथि तब विपत आइप¥यो जब उनलाई प्रेमिकालाई भेट्न आएकोमै केरकार शुरु भयो । उनी प्रेमीको घर नजिकै पुग्दा केही मानिसले नियन्त्रणमा लिएर यस्तो गरेका थिए । 

युवकलाई नियन्त्रणमा लिनेहरुले यथार्थ थाहा पाएपछि आक्रोशमा आए र एक्लो रहेका युवकको जबरजस्ती कपाल खौरिदिए । कपाल खौरिएर मात्र उनीहरुको रिस शान्त भएन । त्यसपछि युवकलाई  जुत्ताको माला लगाएर पिट्दै बजार घुमाइयो ।  

यो घटना भारतको बुलंदशहर नगर कोतवालीको हो । प्रेमिकालाई भेट्न गएका युवकको यस्तो हविगत गर्ने अरु कोही नभएर प्रेमिको परिवारका सदस्यनै थिए । आक्रोशित परिवारका सदस्यले युवकलाई यो हदसम्मको अपमान र सजय दिएका हुन् ।  

यो क्रममा त्यहाँ निकै भीड जम्मा भइसकेको थियो । भीडबाट कसैले प्रहरीलाई सम्पर्क गरेपछि केही समयमै घटनास्थलमा प्रहरी आइपुग्यो । प्रहरीले युवकलाई आफूसँगै लिएर गएपछि मात्र युवकमाथिको कहर अन्त्य भएको थियो । हाल दुवै पक्षबाट प्रहरीमा मुद्धा दर्ता भएको छ । 

भीडबाट कसैले खिचेको यससम्बन्धी भिडियो अहिले भारतमा समाजिक संजालमा भाइरल भएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ