बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका र प्रमोदको अन्तरंग दृश्यलाई सेन्सरको कैची

बुधबार, ०३ असोज २०७५, १४ : १०
बुधबार, ०३ असोज २०७५

काठमाडौं – अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको अन्तरंग दृश्यले भरिएको ‘रातको कुरा’ बोलको गीत सार्वजनिक भएपछि आलोचना खेपेको चलचित्र ‘कथा काठमाण्डू’ले ट्रेलरमा पनि ती दृश्य छुटाएन । सोही कारणले चलचित्रको सामााजिक संजालमा चर्काे आलोचना भयो ।

उक्त दृश्यका कारण चलचित्र विकास बोर्डले निर्माण युनिटलाई दृश्य नहटाइए कारवाही गर्ने चेतावनी सहितको पत्र पनि काटेको थियो ।

यी घटनाको बावजुत पनि चलचित्र ‘कथा काठमाडौ’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोडले चलचित्रलाई पिजी सटिफिकेट थमाउदै सेन्सर पास गरेको हो । पिजी सर्टिफिकेट पाएसँगै १६ वर्ष भन्दा कम उमेरका दर्शकले चलचित्र हेर्न अब आमाबाबुको साथ चाहिनेछ । 

निर्देशक संगीता श्रेष्ठले चलचित्रको केही दृश्यमा कैची चलाउदै सेन्सरले पास गरेका जानकारी दिइन् । भनिन् ‘ गीत र ट्रेलर हेरेर चलचित्रको मूल्यांकन गर्दै गाली गर्नेलाई बोर्डको सर्टिफिकेट जवाफ हो ।’

श्रीमतीको इच्छा विपरित यदी श्रीमान्ले शारीरिक सम्बन्ध बनाउछ भने त्यो बलात्कार हो । चलचित्रले यहि कथा भनेको निर्देशक श्रेष्ठले जानकारी दिइन् ।  

विजय राइको निर्माणमा तयार भएको चलचित्रमा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको मुख्य भुमिका रहेको छ ।  १२ असोजबाट चलचित्र देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप