शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उच्च शिक्षाबारे जानकारी दिने बृहत् शैक्षिक मेला शुरु

बिहीबार, ०५ साउन २०७४, १६ : ४६
बिहीबार, ०५ साउन २०७४

काठमाडौं– नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा जानकारी गराउने उद्देश्यले विहीबारदेखि राजधानीमा ११औं बृहत् शैक्षिक मेला’ शुरु भएको छ । 

भृकुटीमण्डपमा शुरु भएको सो मेलाको नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस पेरेराले उद्घाटन गर्दै राजदूत पेरेराले शिक्षाको क्षेत्रबाट नेपाल र श्रीलंकाको सम्बन्ध अझ सुदृढ गर्नुपर्ने बताए । उनले नेपालका विद्यार्थीलाई श्रीलंका सरकारले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिँदै आएको भन्दै छात्रवृत्तिलाई अझ बढाउने प्रतिबद्धता व्यक्त गरे ।  

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले आयोजना गरेको सो कार्यक्रममा शिक्षा विभाग शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा प्रमुख तारानाथ निरौलाले मेलाले विद्यार्थीलाई विदेशका शिक्षा प्रणालीको बारेमा जानकारी गराएर सहयोग पु¥याउने बताए ।  
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधार, शिक्षा पत्रकार सञ्जालका अध्यक्ष भवानीश्वर गौतमलगायतले सङ्घले विदेशमा रहेका दक्ष विद्यार्थीलाई नेपाल फर्काउनुपर्ने धारणा राखे । 

सङ्घका अध्यक्ष प्रकाश पाण्डेले विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जाँदा सजिलो होस् भनेर विदेशका विश्वविद्यालयको जानकारी गराउन र त्यहाँ प्राप्त हुने छात्रवृत्ति, सुविधा र गुणस्तरीय शिक्षामा पहुँच पु¥याउनका लागि मेला आयोजना गरिएको जानकारी गराए । 

आइतबारसम्म चल्ने मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान फ्रान्सलगायत १५ देशका विश्वविद्यालय प्रतिनिधिको सहभागिता रहेको छ । मेलामा स्वदेश र विदेशका गरी ३७० कक्ष राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप