बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिलले जिते स्क्रिप्ट राइटिङ प्रतियोगिताको ३ लाख

बुधबार, ०३ असोज २०७५, १४ : ०३
बुधबार, ०३ असोज २०७५

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा स्क्रिप्ट राइटरको अभाव रहेको चलचित्रकर्मीले बताएका छन् । स्क्रिप्ट राइटिङ कम्पिटिसनको बिजेतालाई पुरस्कृत गर्न राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रकर्मीले सो धारणा राखेका हुन् । 

‘चलचित्र क्षेत्रमा स्क्रिप्टको ठूलो खडेरी छ । राम्रो स्क्रिप्ट राइटर पाउन गाहे छ’ निर्माता छबिराज ओझाले बिगत सम्झिए ‘४ गीत, ४ फाइट र हल्का रोनाधोना राखेर चलचित्र बनाए हिट हुन्थ्यो ।’ अहिले मेकिङ शैली परिवर्तन भएकोले स्क्रिप्टको महत्व बढेको उनको बुझाई रहेको छ । स्क्रिप्ट राइटरको अभावका कारण बिदेशीबाट कथा चोरेर चलचित्र बनिरहेको छबिको भनाई थियो ।  

निर्माता माधव वाग्लेले ‘लुट’ राम्रो स्क्रिप्टमा बनाएकोले चलचित्रको परम्परागत धारलाई तोड्न सफल भएको बताए । ‘अहिले निर्माता निर्देशक स्टारको पछि लागि रहेका छन्’ उनले भने ‘चलचित्रको पहिलो स्टार भनेको स्क्रिप्ट हो ।’ राम्रो स्क्रिप्ट भए थोरै लगानीमा पनि राम्रो चलचित्र बनाउन सकिन्छ भनेर आफुले प्रमाणित गरिदिएको सुनाए । भने ‘स्क्रिप्ट राइटिङ कम्पिटिसनले चलचित्र क्षेत्रमा देखिएको राइटरको अभाव केही हदसम्म सहज गर्छ ।’

निर्देशक दिपेन्द्र खनालले ‘स्क्रिप्ट राइटिङ प्रतियोगिता’ले चलचित्र क्षेत्रमा राम्रो राइटर भित्रिनेमा आशा गर्न सकिने बताए । राइटरको अभावमा निर्देशक आफैले लेख्नु परेको सुनाउदै उनले थपे ‘राम्रो स्क्रिप्ट राइटर भइदिए चलचित्र क्षेत्रले अझै फड्को माथ्र्यो ।’

नेपाली चलचित्रमा देखिँदै आएको स्क्रिप्टको कमजोरीलाई महशुस गर्दै ‘स्टोरी’ पक्षलाई बलियो तुल्याउन आफ्नो टिमले सन् २०१२ बाट’ स्क्रिप्ट राइटिङ प्रतियोगिता’ सुरु गरेको आयोजक मध्येका एश मनोज अधिकारी बताए । 

मंगलवार प्रतियोगिताको तेस्रो संस्करणको बिजेता घोषणा गरिएको थियो । जसमा सुनिल गुरुङको स्क्रिप्ट ‘द गिफ्ट’ले उत्कृष्ट पुरस्कार पायो । तीन लाख नगद पुरस्कार रहेको कार्यक्रममा १ सय ५० स्क्रिप्ट सहभागी थिए । ती मध्येबाट उत्कृष्ट ३०, उत्कृट ३ हुँदै सुनिल उत्कृष्ट एक हुन सफल भएको आयोजकले जानकारी दियो । 

पुरस्कार हात पारेपछि सुनिल भावुक भएका थिए । उनले आफूले अहिलेसम्मकै सबैभन्दा ठूलो जीत हासिल गरेको सुनाए । भने ‘द्वन्द्वकालको समयमा आर्मी बन्ने सपना बुनेका एक युवक र नर्स बन्ने लक्ष्य लिएकी एक युवतीको प्रेमकथा स्क्रिप्टमा उतारेको छु ।

सुनिलकोसँगै टप थ्रिमा रियाज नत्तकको ‘मी र म’ र विपिन भुजेलको ‘अल वान आउट’ परेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप