शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवतीलाई फेसबुकमा आपत्तिजनक म्यासेज पठाउने नार्कका वैज्ञानिक पक्राउ

बुधबार, ०३ असोज २०७५, १३ : ५८
बुधबार, ०३ असोज २०७५

काठमाडौं– आफूले पढाउँदै आएको एक छात्रालाई सामाजिक सञ्जाल ‘फेसबुक’मा आपत्तीजनक  म्यासेज पठाएको आरोपमा नार्कका एक जना वैज्ञानिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पशु आहार महाशाखा खुमलटार ललितपुरमा कार्यरत मुख्य वैज्ञानिक डा. मेघराज तिवारी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

कलंकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा बिएससी बढ्दै आएकी ती युवतीलाई उनले केही दिनअघि  आपत्तिजनक म्यासेज पठाएका थिए । ‘हिमालय कलेज अफ एग्रिकल्चरल साईन्स’ मा डा. तिवारीले वितग १७ बर्षदेखि अध्यापन गर्दै आएका छन् । 

आफ्नै शिक्षकको म्यासेज ती युवतीले रिप्लाई गरिनन् । त्यसपछि उनले ‘कुरा बुझिनौं ?’ भन्दै थप आपत्तिजनक म्यासेज एकोहोरो म्यासेज पठाएका थिए । 

आपत्तिजनक म्यासेज पठाएर हैरानी पारेपछि छात्राले दिएको उजुरीका आधारमा डा. तिवारीलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले रातोपाटीलाई जानकारी दिए । 

पक्राउ परेका  डा. तिवारीबारे साईबर अपराध मुद्धामा अदालतलबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको एसएसपी सिंहले बताएका छन् । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार डा. तिवारीले छात्रासँग अनैतिक सम्बन्धको प्रस्ताव समेत राखेका थिए । डा. तिवारीको त्यस्तो प्रस्ताव अस्विकार गरेपछि  छात्रालाई उनले परीक्षामा फेल गरिदिने धम्की समेत दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप