शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजनीतिबाट फाइदा लिन चाहनेले अहिल्यै अन्य पेशा रोजे हुन्छः नेता सिंह

बुधबार, ०३ असोज २०७५, १३ : ५७
बुधबार, ०३ असोज २०७५

काठमाडौँ– प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको त्याग र साहसको अनुसरण गरिनुपर्नेमा जोड दिइएको छ । 

नेता सिंहको २१ औँ स्मृति दिवसका अवसरमा नेपाल तरुण दल काठमाडौँले आज यहाँ आयोजना गरेको ‘नेपालको प्रजातन्त्र र आर्थिक विकास’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिबाट फाइदा लिने चाहना राख्नेले अहिल्यै छोडेर अन्य पेशा व्यवसायमा आबद्ध हुन अनुरोध गरे । 

‘सेवा गर्ने भावना भएकाले राजनीतिमा लाग्ने हो, गणेशमान सिंहले राजनीतिमा लाग्दा उनलाई नपुग्ने केही थिएन, देश र जनताको सेवा गरौँ भन्ने भावनाले लाग्दा सक्रिय राजनीतिक जीवनको आधा समय जेल र प्रवासमा बिताउनुभयो’, पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने । 

कार्यक्रममा काँग्रेस काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँ, पूर्वसांसद दीपकप्रसाद कुइँकेल, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई र महासचिव भुपेन्द्रजङ्ग शाही, प्रदेशसभा सदस्यद्वय जीवन डङ्गोल र छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, दलका काठमाडौँ अध्यक्ष कृष्णजी खड्काले नेता सिंहको प्रजातन्त्र पुनःस्थापनापछि आर्थिक विकासमा ध्यान दिनुपर्ने विचारलाई पार्टीले बेवास्ता गर्दा काँग्रेस अहिलेको अवस्थामा पुगेको धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप