बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अफगान राष्ट्रपति नयाँ दिल्लीमा

बुधबार, ०३ असोज २०७५, १३ : २२
बुधबार, ०३ असोज २०७५

नयाँदिल्ली– अफगानिस्तानका राष्ट्रपति अस्रफ घानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय विषयमा छलफल गर्न बुधबार नयाँदिल्ली आइपुगेका छन् । 

एक दिवसीय उक्त भ्रमणका अवसरमा उनीहरुबीच क्षेत्रीय सुरक्षा, व्यापार र अफगानिस्तानमा भारतीय सहयोगमा सञ्चालित विकास कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ । 

साथै दुवै नेताबीच भारतीय सहयोगमा अफगानिस्तानमा सञ्चालित पूर्वाधार परियोजनाको प्रगतिका बारेमा समीक्षा पनि हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

राष्ट्रपति घानीलाई इन्डिया फाउन्डेसनले दिल्लीमा नागरिक सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप