पाँच लाख लुटेर भाग्ने प्रहरी नियन्त्रणमा
बुधबार, ०३ असोज २०७५, १३ : १८
गौशाला– महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षीय रामभरोसकुमार यादव रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
लुटेराले मनरासिस्वा नगरपालिका–२ इटहर्वाका व्यापारी विनोद चौधरीसँग रहेको रु पाँच लाख लुटेका थिए । घरबाट गौशाला जाँदै गरेका यादवलाई गौशाला नगरपालिका–८ स्थित मरहा खोला नजिक पेस्तोल देखाउँदै नगद लुटेर उनीहरु भागेका थिए ।
पर्सा प्रहरी चौकीले चारै जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट बा२३प ४६०४ नं को पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना