बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

बुधबार, ०३ असोज २०७५, १२ : ४८
बुधबार, ०३ असोज २०७५

बागलुङ– बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग ६ प ६३१ नं को मोटरसाइकल दुर्घटना हुँदा काठेखोला गाउँपालिका –८ लेखानीका कृष्ण कँडेलको मृत्यु भएको छ । कँडेलको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए । कँडेलले रुद्रेपिपल माध्यामिक विद्यालयमा अध्यापन गर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप