शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोबर्टो फर्मिन्हो नायक बन्दा पिएसजी पराजित

बुधबार, ०३ असोज २०७५, १२ : ४७
बुधबार, ०३ असोज २०७५

एजेन्सी । रोबर्टो फर्मिन्होले इन्जुरी समयमा गोल गरेपछि लिभरपुलले पेरिस सेन्ट जर्मेनमाथि ३–२ को नाटकीय जीत हासिल गरेको छ ।

शनिबार टोटनहमबिरुद्धको खेलमा आँखामा चोट लागेर घाइते बनेका फर्मिन्हो खेलको ७२ औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । उनले नै खेलको ९१ औँ मिनेटमा निर्णायक गोल गर्दै लिभरपुललाई जीत दिलाए ।

यसअघि खेलमा ड्यानियल स्टरिज र जेम्स मिल्नरको गोलबाट लिभरपुलले दुई गोलको अग्रता बनाएको थियो ।

तर, थोमास मुनियर र कायलिन एमबाप्पेले गोल गर्दै खेल बराबरी गरेका थिए ।

समूह सी कै अर्को खेलमा नापोली र रेड स्टार बेलग्रेडले गोलरहित बराबरी खेल्यो ।

अन्य खेलमा एथ्लेटिको म्याड्रिडले मोनाकोलाई उसैको घरेलुमैदानमा २–१ गोल अन्तरले हरायो ।

त्यस्तै, बोरुसिया डर्टमण्डले पनि क्लब ब्रगलाई पराजित गर्यो ।

साल्के र पोर्टोले भने १–१ को बराबरी खेल्न बाध्य भयो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप